बिएल संवाददाता
                                राेल्पाका मनकुमार राेका मगरले स्विट्जरल्याण्डमा सम्पन्न ‘एन्जेरी टूर डेज अल्पेज भलाइज ट्रेल’मा तेस्राे स्थान हासिल गरेका छन्। ८ सय सहभागी २८ किलाेमिटर दूरीकाे उक्त रेस २ घण्टा २४ मिनेट १४ सेकेन्डमा पूरा गर्दै मनकुमारले तेस्राे स्थान हासिल गरेका हुन्।
उक्त दूरी २ घण्टा १९ मिनेट २६ सेकेन्टमा पूरा गर्दै काेलम्बियाका साउल एन्टोनियो पाउअ रोड्रिग्वेल प्रथम तथा २ घण्टा २२ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै इथिपिपयाका मेकोनेन तेफेरा दाेस्राे भए।
उनले उमेर समूह (एज क्याटगरी)मा भने प्रथम स्थान हासिल गरे।
यसअघि उनले स्विट्जरल्याण्डमा जुलाई ६ तारिकमा भएको ५० किलोमिटर दूरीको भर्बिएर सेन्ट बर्नार्ड बाई युटिएमबी रेसमा आठौँ स्थान हासिल गरेका थिए। उक्त ट्रेल रेसमा विश्वका विभिन्न मुलुकका १ हजार ५ सय जना धावकहरु सहभागी थिए।
स्विट्जरल्याण्डबाट बिएल नेपाली सेवासँग संक्षिप्त कुरा गर्दै मनकुमारले विश्वभरका हजारौँ धावकहरुबीच नेपालको झण्डा फहराउन पाउँदा अत्यन्तै हर्षित भएको उनले बताए। ‘नेपालको लागि मेडल थप्न र चिनाउन पाँए। खुसी छु।’
रोल्पाको दुर्गम स्थान थबाङबाट आफ्नै बल, बुद्धि र मिहेनतको फल भएको उनी बताउँछन।
नेपालमा २-३ सय खेलाडीमाझ दाैडिँदै आएकोमा स्विडजरल्याण्डमामा हजारौँ खेलाडीबीच दाैडिँदा छुट्टै र विशिष्ट अनुभूति भएकाे उनले सुनाए।
उचित वातावारण र अवसरहरु भएमा नेपाली खेलाडीले पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उनकाे भनाइ छ। केन्द्र सरकार र स्थानीय तहले सहयाेग गरेमा अबकाे लक्ष्य विश्व च्याम्पियनसीपमा भाग लिएर नेपालकाे नाम राख्ने याेजना रहेकाे उनले बताए।
भविष्यप्रति सचेत रहँदै उनले यदि कुनै निकायबाट साथ, सहयोग नपाएको खण्डमा २-३ सालपछि अन्य विकल्प साेच्ने बताए। ‘सरकारको साथ, सहयोग र स्पोन्सर पाउनेमा आशावादी छु र यही क्षेत्रमा निरन्तर लागिरहनेछु। देशको झण्डा र नाम विश्वभर चम्काउनेछु’, उनले भने। निश्चित लक्ष्य लिएर अगाडि बढेमा सफलता हात पार्न कठिन नभएकाे उनकाे भनाइ छ।
रोल्पाको थबाङ- १मा जन्मे/हुर्केका २१ वर्षीय मनकुमारले स्विट्जरल्याण्डमा अझै दुई रेसमा भाग लिनेछन्। उनले आगामी अगष्ट १० मा हुने सिरे जिनाल र सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्ने छन्।
रुकुम-रोल्पामा गुरिल्ला माराथन सञ्चालन गर्दै आएका संयोजक सुनिलकुमार रोकाले मनकुमारको उपलब्धि देशकाे लागि गौरवको विषय रहेको बताए। गुरिल्ला माराथनले दुर्गम क्षेत्रमा रहेका युवा प्रतिभालाई ट्रेल रेसमा भाग लिन प्रेरित गर्ने र अवसर दिने प्लेटफर्म रहेको स्मरण गर्दै नेपालका दूरदराजमा लुकेर बसेका खेलाडीलाई सरकारले खोजी-खोजी साथ सहयोग दिनपर्ने धारणा राखेका छन।
‘मनकुमार गुरिल्ला ट्रेल रेसका प्रडक्ट हो। उनीजस्ता हजारौँ युवाहरु अवसर र साथ नपाएर विदेशिन बाध्य भएका छन। सरकारले बेलैमा सोचेर युवाहरुलाई सक्दो लगानी गर्नपर्छ’, उनले भने।
मनकुमारले यसअघि २५ किमी पोखरा ट्रेल रेस सेरिजको उपाधि जितेका थिए। चैत २०८० सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा उनी दोस्रो भएका थिए। गत अप्रिलमा नेपालमा आयोजित चौंथो मञ्जुश्री ट्रेल रेस र मुस्ताङ रेसको उपाधि जितेपछि मनकुमार ट्रेल रेसमा नयाँ स्टारको रुपमा उदय भएका थिए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया