काँग्रेस-एमाले बिचौलिया हुन्, संसदबाटै प्रतिरोधको पहल सुरु गरिसकें– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण गरेका नेपाली काँग्रेस र नेकपा एमालेलाई ‘अभिजात बिचौलिया’ भन्दै त्यही कुरा जनतालाई भन्नका लागि संसदमा विश्वासको मत मागेको बताएका छन्। 

संसदमा सम्बोधन गर्दै उनले संसदमा आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर दुई दलको पश्चगमन यात्राविरुद्ध प्रतिरोधको पहल गरेको बताए। 

‘अल्पमतमा परेर पनि किन राजीनामा नदिएको होला भन्ने लागेको होला। संसदको संख्या के हो मलाई धेरै राम्रोसँग थाहा छ’ उनले भने ‘विश्वासको मतको अधिकार प्रयोग गरेर संसदबाटै पश्चगमनतिरको यात्राका विरुद्ध यहीँबाट प्रतिवाद र प्रतिरोधको पहल गरेको हुँ।’

प्रकाशित मिति: : 2024-07-12 13:12:00

प्रतिकृया दिनुहोस्