सरकारसँग डराएर काँग्रेस–एमालेलाई अरु कसैले मिलाएको हो: प्रचण्ड

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समीकरण बनेको आरोप लगाएका छन्। 

संसदमा विश्वासको मत माग्दै उनले संविधान संशोधनको नाममा देशमा राजनीतिक द्वन्द्व निम्त्याउने काम नगर्न पनि चेतावनी दिए। 

उनले आफ्नो सरकारसँग डराएर काँग्रेस र एमाले मिलेको भन्दै त्यसको नियतमाथि पनि शंका गरे। काँग्रेस-एमाले मिलेको भन्ने लाजले राष्ट्रिय सहमतिको सरकार भन्न थालेको पनि आरोप लगाए। 

‘प्रधानमन्त्रीको हैसियतले मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेका थिएँ।कसैको प्रोफाइल हेरेको थिइनँ’ उनले भने ‘काँग्रेस-एमालेको गठबन्धन त्यहीबाट डराएर भएको हो भन्ने घामजस्तै छर्लङ्ग छ।’

उनले काँग्रेस एमाले आफै नमिलेर अरु कसैले मिलाएको पनि ठोकुवा गरेको थिएँ। 

‘राम्रो नियत भएको भए, राष्ट्रिय सहमतिको सरकार चाहिएको भए यही संसदमा छलफल हुन्थ्यो’ उनले भने ‘रातबिरात अँध्यारो कोठामा राष्ट्रिय सहमतिको कलाबिहीन नाटक गरियो। हामीलाई डर छ तपाईंहरूलाई जसले मिलाएको हो उसकै आदेशमा चल्नुहुन्छ भन्ने।’

प्रकाशित मिति: : 2024-07-12 12:20:00

प्रतिकृया दिनुहोस्