संसद् बिघटन गर्नेहरूले मलाई नैतिक सिकाइरहेका छन्– प्रचण्ड

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद् विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्। 

संसद्मा पाँचौपटक विश्वासको मत माग्दै उनले अहिले नेपाली काँग्रेस र एमालेले समीकरणले सरकारलाई काम गर्दा गर्दै अल्पमतमा पारेको बताए। उनले सरकारले सुशासनको काम गरिरहेका बेला डरले काँग्रेस एमाले मिलेको पनि दाबी गरे।

‘कुनै बेला आफू अल्मपतमा हुँदा संसद् नै विघटन गरेका साथीहरूले अहिले मलाई नैतिकताको पाठ सिकाइरहनुभएको छ’ उनले भने ‘यो संसद अनि यो परिवर्तनमा नेकपा माओवादीको केन्द्रकै सबैभन्दा ठूलो भूमिका छ।’

प्रकाशित मिति: : 2024-07-12 12:18:00

प्रतिकृया दिनुहोस्