प्रधानमन्त्री प्रचण्डले संसदबाट पाँचौँपटक विश्वासको मत लिँदै (लाइभ)

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिँदैछन्। प्रमुख सत्तारुढ दल नेकपा एमालेले असार १९ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी संसदबाट विश्वासको मत लिन लागेका हुन्। 

प्रचण्डले लिन लागेको यो विश्वासको मत पाँचौँपटक हो। यद्यपि संसदमा अहिले प्रचण्डसँग बहुमत छैन। लिँदै गरेको विश्वासको मत पनि पाउने सम्भावना देखिदैन।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। अहिले प्रचण्डसँग माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी ६३ मत मात्र रहेको छ।

विपक्षमा काँग्रेसका ८८ र (एक निलम्बित)सहित एमालेका ७९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, राप्रपाको १४, जसपाको ७, जसपा नेपालको ५, जनमतको ६, नागरिक उन्मुक्तिका ४ जना गरी २०७ मत रहेको छ।

जनमोर्चा, नेमकिपा, आम जनता पार्टीका १/१ र दुई स्वतन्त्र गरी पाँच सांसद भने तटस्त बस्ने वा पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्। 

प्रकाशित मिति: : 2024-07-12 13:00:00

प्रतिकृया दिनुहोस्