चितवन दुर्घटना: बेपत्ता दुईवटा बसमा कति थिए यात्रु? (नामसहित)

Break n Links
Break n Links

चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा नदीमा खसेका बस र यात्रुहरूको खोजी कार्य जारी छ।

रौतहट र वीरगञ्जका ५४ यात्रुहरू सवार दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलतालमा काठमाडाैँबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस लेदोसहितको पहिरोले बगाएकाे बताइएकाे छ।

काठमाडौंबाट रौतहटका लागि २७ जना यात्रुले टिकट काटेर बस चढेका थिए। यस्तै, वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ। 

प्रकाशित मिति: : 2024-07-12 09:58:00

प्रतिकृया दिनुहोस्