रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँः मुकुल ढकाल

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदमुक्त गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो।

त्यसपछि ढकालले आफू रास्वपा सभापति लामिछाने क्लवबाट निष्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताए। उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने जिकिर गरेका छन्।

‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ....’, उनले भनेका छन्।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन।

याे पनि...
प्रकाशित मिति: : 2024-07-09 12:53:00

प्रतिकृया दिनुहोस्