लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

Break n Links
Break n Links

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

साेमबार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

प्रकाशित मिति: : 2024-07-08 18:07:00

प्रतिकृया दिनुहोस्