काँग्रेस संसदीय दलकाे बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्न लागेकाे हाे।

नेकपा (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

यसअघि बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो।

आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए।

प्रकाशित मिति: : 2024-07-06 08:42:00

प्रतिकृया दिनुहोस्