प्रचण्डकाे कुरामा लाेभियाे रास्वपा, मन्त्रीहरु राजीनामा नदिई फर्किए

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन्।

सरकार ढल्ने निश्चित भएपछि राजीनामा दिन गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री प्रचण्डकाे सुझावपछि राजीनामा नदिएर फर्किएका हुन्।

प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि ३० दिनभित्र विश्वासकाे मत लिनेमा विश्वस्त गराएपछि रास्वपाका मन्त्रीहरु फिर्ता भएकाे प्रमुख सचेतक सन्ताेष परियारले बताए।

उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भनेपछि आफूहरु त्यतिबेलासम्म पर्खिन तयार भएको बताए।

‘हामी जान त राजीनामा नै दिन गएकाे हाे। तर, सम्माननीय प्रधानमन्त्रीज्यूले मैले संवैधानिक अधिकार प्रयाेग गर्ने मेराे अधिकार हुन्छ। संसद फेस गर्छु, तपाईंहरु अहिले राजीनामा नदिनुहाेस् भनेपछि हामीले फर्कियाैँ’, प्रमुख सचेतक परियारले भने।

उनले प्रधानमन्त्री प्रचण्डलाई छिटाेभन्दा छिटाे विश्वासकाे मत लिन अनुराेध गरेकाे बताए। संविधानले ३० दिनकाे समय दिएपनि त्याे धेरै समय भने रास्वपाले नपर्खिने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-07-04 10:48:00

प्रतिकृया दिनुहोस्