राजदूतमा भागबन्डा टुंगियो, एमालेलाई ८, रास्वपालाई २, माओवादीलाई १

Break n Links
Break n Links

सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन्।

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले खाली रहेका ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो।

बैठककाे निर्णयअनुसार एमालेले ८, रास्वपाले २ र नेकपा माओवादी केन्द्रले १ देशको राजदूत पाउने भएका  छन्।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको बताइएकाे छ।

प्रकाशित मिति: : 2024-06-20 21:58:00

प्रतिकृया दिनुहोस्