सरकारले बक रिदकाे अवसरमा सार्वजनिक बिदा दिने भएका छ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार बक रिदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।
गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ, ‘इस्लाम धर्मावलम्बीहरुकाे पर्व बक रिदका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाे सन्दर्भमा उक्त पर्वकाे अवसरमा मिति २०८१/०३/०३ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय भएकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ।’
विश्वभरिका इस्लाम धर्मावलम्बीहरुले साेमबार बक रिद मनाउँदै छन्।