नेपाल भित्रियाे यस वर्षको मनसुन

Break n Links
Break n Links

यस वर्षको मनसुन आज नेपाल भित्रिएको छ।

सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात जेठ ३१ गते भएपनि आज नै भित्रिएकाे हाे। महाशाखाका अनुसार मनसुन कोशी प्रदेशकाे पूर्वी भू-भागमा प्रवेश गरेकाे छ।

नेपालको अन्य भू- भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएकाे छ।

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम विभागले जनाएको छ।

याे पनि...
प्रकाशित मिति: : 2024-06-10 14:12:00

प्रतिकृया दिनुहोस्