भारतीय चुनावी नतिजा आउँदै गर्दा रोइरहेका प्रदीप गुप्ता को हुन्?

Break n Links
Break n Links

भारतीय लोकसभा निर्वाचनको मतगणना भइरहँदा यतिबेला सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन्- प्रदीप गुप्ता।

चुनावी प्रक्षेपण कम्पनी ‘इन्डिया टुडे- एक्सिस माइ इन्डिया’का निर्देशक रहेका यादव अहिले हरेक टेलिभिजन च्यानलहरूमा ‘माफी’ माग्दै रोइरहेका छन्।

भारतीय जनता पार्टी र उनको गठबन्धन एनडिएले यो चुनावमा ४ सय सिट नघाउने घोषणा यो एक्जिट कम्पनीले गरेको थियो। भाजपा पनि यही ‘चार सय पार’को नारा लिएर चुनावमी मैदानमा थियो।

गुप्ताको चुनावी सर्भेले एनडिएले ३६१देखि ४०१ सिटसम्म ल्याउने घोषणा गरेको थियो। र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनले १३१-१६६ सिटसम्म ल्याउने प्रक्षेपण गरेको थियो।

लोकसभाको यो चुनावका कतिपय सर्भेहरूले मोदीको पार्टी बिजेपीको एकल बहुमत आउने प्रक्षेपण गरेका थिए। तर मतगणना भइरहँदा बिजेपी ३ सय सिट पुर्‍याउनका लागि नै संघर्ष गरिरहेको छ।

क्षेत्रीय पार्टीहरूलाई मिलाएर चुनाव लडेको ‘इन्डिया’ गठबन्धनले बिजेपीलाई धेरै त्यस्ता ठाउँहरूमा टक्कर दिइरहेको छ, जहाँ यसअघि बिजेपीका किल्ला थिए।

गुप्ताको त्यो कम्पनीले सार्वजनिक गरेको त्यो सर्भे र गुप्ता अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा ‘ट्रोल’ भइरहेका छन्।

प्रकाशित मिति: : 2024-06-04 17:54:00

प्रतिकृया दिनुहोस्