एकाएक फेरियाे काँग्रेसकाे बाेली, भन्याे- कार्यादेशमा व्यक्ति विशेषकाे नाम लेख्नु पर्दैन

File Photo
File Photo

नेपाली काँग्रेस सहकारी ठगी प्रकरण्को संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा कुनै व्यक्ति विशेषको नाम उल्लेख गर्नु नपर्ने निष्कर्षमा पुगेको छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिनको कार्यादेशमा कुनै व्यक्ति विशेषको नाम उल्लेख गर्न आवश्यक नरहेको निष्कर्ष निकाले प्रमुख सचेतक रमेश लेखकले बताए।

‘सहकारीको रकम जहाँ–जहाँ गएको छ कानुनी हिसाबले हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै भएपनि उसका बारेमा छलफल हुन सक्ने, छानबिन हुन सक्ने, अनुसन्धान हुन सक्ने सहमति भएकोले व्यक्ति विशेषको नाम लेखिरहन आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ’, लेखकले भने।

यद्यपि, सहकारीकाे पैसा लिने/दिने जाेसुकै भएपनि त्यसमाथि छानबिन हुने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-05-28 12:14:00

प्रतिकृया दिनुहोस्