सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

File Photo
File Photo

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ।

जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदन मुद्दामा आज उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको थियाे। यस मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाडौँ जिल्ला अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। यही फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका हुन्।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडि बढाएको छ।

प्रकाशित मिति: : 2024-05-05 11:15:00

प्रतिकृया दिनुहोस्