जागिरकाे लाेभ देखाएर ठमेलकाे हाेटलमा किशाेरी बलात्कार गरेकाे भन्दै एमाले नेताविरुद्ध उजुरी

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

जागिरकाे प्रलाेभन देखाएर ठमेलकाे हाेटलमा किशाेरी बलात्कार गरेकाे भन्दै एमाले नेताविरुद्ध जाहेरी परेकाे छ।

१९ वर्षीय किशाेरीले आफूलाई बलात्कार गरेकाे भन्दै दाेलखा घर भएका एमाले नेता ४५ वर्षीय विदुर शर्माविरुद्ध जाहेरी परेकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे।

वृत्तका एक प्रहरीका अनुसार शर्माले ती युवतीलाई ठमेलस्थित सञ्चयकाेष नजिककाे हाेटलमा लगेर बलात्कार गरेकाे भन्दै जाहेरी परेकाे छ।

जाहेरी दर्तापछि शर्मा फरार छन्। उनकाे खाेजीकार्य भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-05-04 15:53:00

प्रतिकृया दिनुहोस्