अपडेट: जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामवलीसहित)

धरानबाट भोजपुरकाे घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

बिहीबार को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृत्यु हुनेमा हतुवागडी गाउँपालिका-२ का सवारी चालक मानबहादुर बस्नेत, सोही ठाउँका चन्द्र प्रकाश राई, पर्वत माया राई, दिशान राई, हतुवागडी गाउँपालिका-३ का पदमबहादुर थापा, हतुवागडी गाउँपालिका-५ का राम कुमारी राई, सोही ठाउँका किसन राई, इटहरीका कमल अधिकारीको मृत्यु भएको हो। अन्य घाइतेको भने स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2024-03-14 15:51:00

प्रतिकृया दिनुहोस्