दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन्।

डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर ९पाँच माइल० भन्दा कम दूरीमा कठिनाईमा रहेको जानकारी फ्रान्सेली समुद्री उद्धारकर्मीलाई रातको समयमा जानकारी दिएपछि तत्काल उद्धार प्रयास थालिएको थियो।

स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन्।

चालक दलले आप्रवासी डुङ्गा तैरिन मद्दत गर्ने ट्यूबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी ‘पानीमा’ हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

हरेक वर्ष दशौं हजार मानिसहरूले फ्रान्सबाट सानो डुङ्गामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँर्दै बेलायत पुग्ने गर्छन्। च्यानलले आप्रबासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ।

अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुङ्गा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो।

गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुङ्गा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो।

सोही च्यानलमा यात्रा गरिरहहेका समय यसै वर्षको अगष्टमा सानो डुङ्गा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो।

फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत स सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ।

नोभेम्बरको अन्त्यसम्म चलेको बेलायती सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन्। गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए।

प्रकाशित मिति: : 2023-12-15 19:04:00

प्रतिकृया दिनुहोस्