पाकिस्तानद्वारा ४,०२,३१२ अवैध अफगान नागरिकलाई निष्काशन 

बिएल संवाददाता

इस्लामावाद
फाइल तस्बिर
फाइल तस्बिर

अफगानहरू सहित कम्तिमा ४,०२,३१२ अवैध विदेशीहरूलाई हालसम्म पाकिस्तानबाट सम्मानजनक र सुरक्षित रूपमा आफ्नो देश फर्काइएको एआरवाई न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानमा कागजपत्रविहीन विदेशी नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको जानकारी दिएको छ।

हजारौं अफगानीहरू दैनिक रूपमा चमन र तोर्खाम सीमाना हुँदै आफ्नो मातृभूमि फर्किरहेको रेडियो पाकिस्तानले उल्लेअ गरेको छ।

यसबाहेक, एआरवाई न्यूजका अनुसार, कामचलाउ पाकिस्तान सरकारले कागजातविहीन विदेशीहरूको अस्थायी आवास र देशबाट उनीहरूको सुरक्षित स्वदेश फिर्ताको लागि विभिन्न जिल्लाहरूमा ट्रान्जिट क्याम्पहरू निर्माण गरेको छ।

पाकिस्तानी सरकारले दैनिक १० हजार आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको छ।

हालसम्म १ लाख ३५ हजार अवैध आप्रवासी अफगानिस्तान फर्किसकेका छन्।

प्रकाशित मिति: : 2023-12-04 06:41:00

प्रतिकृया दिनुहोस्