लोकान्तर
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्रेणीमा पुगेकी राधिका यसअघि लुम्बिनी कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायमुमुकायम सचिव थिइन् । विस २०६१ बाट निजामती सेवामा पाइला राखेकी उनलाई १६ कार्तिक २०८० मा सरकारले संघीय सचिवमा बढुवा गरेको हो । चुस्त सेवा प्रवाह र अब्बल कार्य सम्पादन गर्ने इमानदार प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी राधिकालाई भावी मुख्य सचिवको स्वाभाविक दाबेदार हुन् ।
निजामती सेवाको प्रशासनतर्फबाट सेवा प्रवेश गरेको छोटो समयमै राधिका अनुभवी हुँदै गएकी छिन् । खुला प्रतिस्पर्धाबाट आएका महिला योग्यता र क्षमताको हिसाबले पुरूषभन्दा कमजोर छैनन् भन्ने उनको क्षमताले पुष्टि गरेको छ । लुम्बिनी सरकारमा महिलाले पहिलो प्रशासनिक ‘कमाण्ड’ सम्हालेकी राधिका प्रशासनमा नवीन सोच र कार्यसंस्कृति राख्दै कर्मचारीको साख बढाउँदै काम गर्ने सोचाइ राख्छिन् । राधिका सार्वजनिक प्रशासन र सुशासनको क्षेत्रमा काम गर्ने अब्बल प्रशासकको मानिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । निजामती सेवामा आफ्नो भविश्य खोजेका युवाका लागि उनी प्रेरणा बनेको कतिपयको तर्क छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया