फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो

फाइल तस्बिर
फाइल तस्बिर

दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि एकीन हुन बाँकी रहेको छ भने, प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन्। 

विद्यालय भवन,  सरकारी भवन,  पुल,  सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय क्षतिग्रस्त सडकमा यातायात  शुरु  गर्न नसकिएको प्राधिकरणले जनाएको छ।

अपतटीय भूकम्पको झड्काले अपरान्ह ४:१४ बजे ७२ किलोमिटरको गहिराईमा डाभाओ ओक्सीडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तरपश्चिममा ठूलो कम्पन ल्याएको थियो।
 

प्रकाशित मिति: : 2023-11-19 17:31:00

प्रतिकृया दिनुहोस्