म्यान्मारी गाउँमा आगाे लाग्दा ६० घर जले

File Photo
File Photo

म्यान्मारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएको म्यान्मार डिजिटल न्यूजले जनाएको छ।

खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन्।

सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन। गाउँका एक स्थानीय बासिन्दाले मङ्गलबार सिन्ह्वालाई दिएको जानकारीअनुसार गाउँलेहरूले चीसोमा ताप्न सल्काएको आगोबाट आगलागी सुरु भएको थियो।

प्रकाशित मिति: : 2023-11-07 19:39:00

प्रतिकृया दिनुहोस्