सिक्किमको बिपतमा केन्द्र सरकार रमिते

फाइल तस्विर
फाइल तस्विर

भारतको सिक्किममा अघिल्लो साता आएको बाढीमा परेर ७० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ जना भारतीय सैनिकसमेत छन्। बाढीमा परेर १०० जना अझै हराइरहेका छन्।

यो बाढी साउथ लोनाक ड्याम फुटेका कारण फैलिएको थियो। भारत सरकारले सिक्किमस्थित ‘खतरनाक हिमताल’ फुट्न सक्ने संकेत हुँदाहुँदै बेवास्ता गरेको सिक्किमेलीहरूको गुनासा छन्।

विज्ञहरूले अत्याधुनिक चेतावनी प्रणाली स्थापना गर्न आवश्यक बारम्बार बताएका थिए। ताकि, समयमा नै बिपत्तिको चेतावनी नागरिकमाझ जारी गर्न सकियोस्।

भारतीय केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई विज्ञहरूले सिक्किमको बिपत्तिबारे पटक-पटक झक्झक्याउँदा पनि उनी मौन रहे। तर, केन्द्र सरकारले जनताको आवाज कहिल्यै सुनेन। र, गएको अघिल्लो साता एकाएक आएको बिनाशकारी बाढीले ड्याम फोड्दा सयौँ नागरिकको ज्यान लग्यो।

यदि सिक्किमा चेतावनी प्रणाली राखिएको हुन्थ्यो भने समयमै मानिसहरूलाई जोखिम बाहिर निकाल्न सकिन्थ्यो। र, बाँधहरूको ढोका खोल्न सकिन्थ्यो। ‘मोदी सरकार जनताप्रति उत्तरदायी देखिएन, पटकपटक भन्दा पनि जोखिम कम गर्ने उपायसमेत खोजिएन,’ किक्किमका एक अधिकारीले भने।

प्रधानमन्त्री मोदी सिक्किम समस्याबारे पहिल्यै जानकार थिए। तर, उनी जनतालाई आइपर्ने पीडाबारे नसुनेझैँ गरी नयाँदिल्लीमै बसे। र, सिक्किमलाई दोस्रो दर्जामा रुपमा लगे। ‘भारतको केन्द्रीय सरकारले सिक्किम देश र यहाँका जनताको गुनासो सुनेन,’ ती अधिकारीले भने।

एनडीएमएले दुई महिनाअघि सर्वेक्षण गरेका दुई तालमध्ये एक थियो, साउथ लोनाक। त्यसको केही हप्तापछि आएको बाढीले सिक्किा तहसनहस बनायो। धेरै मानिसहरूले ज्यान गुमाए। तर, मोदी नेतृत्वको केन्द्रीय सरकार निन्द्रा थियो। अहिले सिक्किमका मानिसहरूले ‘सही समयमा चेतावनी दिनप्रणाली किन स्थापना नगरिको’ भनेर केन्द्र सरकारमाथि गम्भीर प्रश्न गरेका छन्।

साउथ लोनाक ताल फुटेदेखि शोकमा छ, सिक्किम। हिमतालले सिक्किमेली जनतालाई रुवाउँदासमेत तत्काल उद्दार नगरिएको चारैतिर गुनासो छ।

हिजो-आज पनि मोदी सरकारले सिक्किमबारे सिरियल नतिजा देखाइरहेको छैन। ‘मोदी सिक्किमका दुष्मनजस्तै भएँ, हिमतालले तहसनहस बनाउन सक्छ भन्दाभन्दै पनि कानमा तेल हालेर बसे,’ सिक्किमका अधिकारीले गुनासो गरेका छन्।

प्रकाशित मिति: : 2023-10-13 17:07:00

प्रतिकृया दिनुहोस्