प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किए एनआरएनए आइसीसी सचिव पदका प्रत्यासी साह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव पदका प्रत्यासी स्वतन्त्र प्रताप साह एसिया प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किएका छन्।

आउँदो कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका साह चुनावी माहोल मिलाउन एसियाली मुलुकमा रहेका एनसीसीहरूको भ्रमणमा निस्किएका हुन्।

साहले हङकङबाट भम्रण सुरु गरेका हुन्। उनले हङकङ एनसीसीका पदाधिकारीसँग संघको अभियानको विषयमा छलफल गरेका थिए।

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ (फिने) हङकङको अधिवेशनमा पनि साह सहभागी भएका थिए। साह फिनेको केन्द्रीय अध्यक्ष हुन्।

हङकङपछि उनी थाइल्याण्ड पुगेका छन्। थाइल्याण्डमा उनलाई एनसीसीका अध्यक्ष भविन्द्र बस्नेत, सचिव राज बहादुर साउदलगायतका पदाधिकारीले स्वागत गरेका थिए। थाइल्याण्डपछि बहराइन पुगेका छन्। साथै एसियाली अन्य मुलुकमा जाने उनको तालिका छ।

सामाजिक कर्मको भोक र विदेशमा कमाएको पुँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले एनआरएनए अभियानमा जोडिएका साह सहयोगी, मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन्।

विगत लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका साह सम्भावना बोकेका अभियन्ता मानिन्छन्।

सुदूरपश्चिमको अछाममा जन्मेका साह कलिलै उमेरमा अष्ट्रेलिया पुगेका थिए।

व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका साहले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्।

प्रकाशित मिति: : 2023-09-30 11:56:00

प्रतिकृया दिनुहोस्