भारतीय सेनाकाे विमानले मध्यआकाशमा इजिप्टको विमानमा इन्धन भर्‍याे

Photo: ANI posted on X(formally Twitter)
Photo: ANI posted on X(formally Twitter)

भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ।

ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायु सेनाको आकाशमा नै इन्धन भर्ने आईएल– ७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो।

‘इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार– २३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने जनाउँदै सामाजिक सञ्जालमा भनेको छ।

यसैबीच, भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका एक सय ५० जना कर्मचारी ब्राइट स्टार– २३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ।

ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-09-03 14:47:00

प्रतिकृया दिनुहोस्