फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

फाइल तस्बिर
फाइल तस्बिर

पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी पाँचथर जिल्लाका २ पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ।

एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो।

मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैंचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए।

मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तला जातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन्। कार्यक्रम कोशी प्रदेशमा ७ जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिए।

कोशी प्रदेशमा २ हजार २०० हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: : 2023-06-11 07:03:00

प्रतिकृया दिनुहोस्