बिएल संवाददाता
डा. नवराज केसीको कृति 'शून्यको मूल्य'ले 'उत्तम शान्ति पुरस्कार' पाउने भएको छ। शुक्रबार उत्तम कुँवर स्मारक पुरस्कार गुठीले एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति 'शून्यको मूल्य'लाई २०७९ काे पुरस्कार दिने घोषणा गरेको हो।
उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ। डा. केसीले पुस्तकमार्फत 'अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत' पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ।
२०७९ सालमा प्रकाशित 'शून्यको मूल्य' लाई डा. केसीले 'सिर्जनात्मक गैरआख्यान' पुस्तक भन्ने गरेका छन्। उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै पुस्तको लेखेको उनको भनाइ छ।
केही रूपान्तरणकारी प्राध्यापकहरूसँगको भेटले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको समेत उनको भनाइ छ। अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको छ।
साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ। कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति 'स्रष्टा र साहित्य'ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया