मिटरब्याजको धन्दामा गैरनाफामूलक पतञ्जलि योगपीठ, प्रहरी प्रशासनको आडमा धम्काउँदै ट्रस्टी सिंह

पर्दाफास

काठमाडाैं

नेपालमा योग, आयुर्वेद र आयुर्वेद शिक्षाका लागि भन्दै गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको दाबी गर्ने पतञ्जलि योगपीठले चक्रीय ब्याजदर प्रणालीमा रकम लगानी गर्ने गरेको प्रमाण फेला परेको छ ।

पर्दाफासलाई प्राप्त कागजपत्रहरूले पतञ्जलि योगपीठ नेपालका ट्रस्टी शालिग्राम सिंह र अर्का एक जना बलराम उप्रेतीले नयाँ सडकका एक जना सुनचाँदी व्यवसायीलाई चक्रीय ब्याजदर प्रणालीमा पाँच करोड रुपैयाँ लगानी गरेको भेटिएको छ ।

ती व्यवसायीले २० पुस, २०७८ मा शालिग्राम सिंहसँग कपाली तमसुक गरेर चार महिनाका लागि पाँच करोड रुपैयाँ सापटी लिएको तमसुकमा उल्लेख छ । जसको साक्षीमा बलराम उप्रेती रहेका छन् ।

प्रकाशित मिति: : 2023-05-16 18:02:00

प्रतिकृया दिनुहोस्