बजारमा ‘आरजु’,  मूल्य १३० ! 

हेर्नाेस्! अहिले गाउँदेखि सहरसम्म 'आरजु भाउजू'कै चर्चा छ। सँगसँगै चर्चा छ— आरजु राईस मिलकाे पनि। 

‘अर्बौको खाद्यान्न आयातलाई निरुत्साहित गर्नुपर्ने’ मत राख्दै बेलबारीबाट उदाएकाे आरजु राईस मिलले हिजाेआज लाेभलाग्दाे चर्चा पाएकाे छ। कारण— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाे 'आरजु' नाम। 

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम भुटानी शरणार्थी प्रकरणमा जाेडिएपछि चर्चापरिचर्चा उनकै छ। तर सामाजिक सञ्जालमा आरजु चामलले राम्रै प्रचार पाएकाे छ।

चामलको मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको आरजु राइस मिलका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जनाएका छन्।

आरजु राईस मिल नेपालको एक मात्र पूर्ण स्वचालित मिल हो। मिलले वार्षिक २२००० टन धान प्रसोधन गर्ने क्षमता रहेको छ।

'हामी नेपाली किसानद्वारा उपादित धान मात्र किन्छौं र नेपाली धानले मात्र मिल संचालन गर्छौं। यसकारण मिलसँग किसानहरूको स्वामित्व स्वतः आउँछ,' बस्नेतले भने।

प्रकाशित मिति: : 2023-05-11 18:39:00

प्रतिकृया दिनुहोस्