गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले शपथ लिँदै

File Photo
File Photo

गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ। संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ।

बस्याल ६५ वर्षका भए। ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन्। प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए।

यहाँका अन्य ५९ सांसदलाई विहिबार संसद भवनमा सपथ गराइने छ। संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ।

प्रकाशित मिति: : 2022-12-28 10:50:00

प्रतिकृया दिनुहोस्