आँधिखोला लघुवित्तले लाभांश वितरण गर्ने

आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। 

यस लघुवित्तको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो।

साथै उक्त बोनस शेयर भुक्तानी गर्दा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

नेपाल राष्ट्र बैंक र आँधिखोलाको आगामी वार्षिक साधारण सभाले प्रस्तावित बोनस सेयरलाई अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ।

प्रकाशित मिति: : 2022-12-26 11:45:00

प्रतिकृया दिनुहोस्