सुन तोलामा ७०० रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ। बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो। 

प्रकाशित मिति: : 2022-12-15 12:20:00

प्रतिकृया दिनुहोस्