सारथी बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

राजधानीको चन्द्रागिरिस्थित सारथी बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।

संस्थाकाे अध्यक्ष विमला पाैडेलकाे अध्यक्षता एवं चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीकाे प्रमुख आतिथ्यतामा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा सञ्चालित सहकारीहरूले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

नगर प्रमुख गिरीले सहकारीले पुरातन प्रणालीमा निक्षेप लिने लगानी गर्ने, व्याज लिने मात्रले सहकारीको विकास हुन नसक्ने भएकाेले मानव समसाधनकाे विकास, आयआर्जन गर्ने सक्ने बनाइ आर्थिक विकास गर्ने तर्फका कार्यक्रम गर्दै जानुपर्ने बताए।

कार्यक्रममा बाेल्दै चनपा-१५ का वडा अध्यक्ष घनश्याम लुईंटेलले सहकारीका माध्यमबाट आम नागरिकको जीवन स्तरलाई मजबुत बनाउन लाग्नु पर्ने बताए।

कार्यक्रममा माधव प्रसाद भुसाल, हरि आचार्य, हरिकुमार कार्कीले सहकारीको मर्म र भावनामा रहेर सहकारी आम नागरिकहरूकाे आर्थिक समृद्धि केन्द्रित हुने पर्नेमा जाेड दिए। कार्यक्रम भिम कुमारी खत्री बिनुले सञ्चालन गरेकी थिइन्।

सहकारीले आर्थिक वर्ष ७८/७९ काे काेषाध्यक्ष इन्दिरा खड्काद्वारा लेखा प्रतिवेन, लेखा सुपरिवेक्षण संयाेजक भूपाल थापाद्वारा प्रतिवेदन र आउँदाे वर्ष ७९/८०काे लागि लेखा परिक्षक नियुक्तिसम्बन्धी छलफल र पारित पश्चात अध्यक्षबाट मन्तव्यका साथ सभा सम्पन्न भएका थियाे।

प्रकाशित मिति: : 2022-12-11 13:01:00

प्रतिकृया दिनुहोस्