विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ। सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो।

आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ। सोमबार युरोपियन युरोको  खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो। अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले  जनाएको छ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ।

प्रकाशित मिति: : 2022-11-22 10:19:00

प्रतिकृया दिनुहोस्