तरकारी तथा फलफूलकाे आजकाे मूल्य

File Photo
File Photo

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले फलफूल तथा तरकारीकाे मूल्य बढेको छ। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेर प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ। भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

त्यस्तै, स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँ, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भइरहेको छ।

डल्ले च्याउकाे भाउ घटेको छ। डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैया ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनिया ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ। अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-21 11:47:00

प्रतिकृया दिनुहोस्