साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

File Photo
File Photo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ। आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ।

साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ। बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेकोे थियो। यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ। माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ।

आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ। मानुसी लघुवित्त वित्तिय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २८८.५० अंकले वृद्धि भएको छ।

एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-06 16:07:00

प्रतिकृया दिनुहोस्