नेसनल लाइफले १८ मंसिरमा डाक्यो एजीएम

file photo
file photo

नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १८ मंसिरमा साधारणसभा बोलाएको छ। सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पे; हुनेछ। यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ। त्यस्तै, सञ्चालक समितिबाट मनोनत स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले ८ मंसिरमा एकदिन बुक क्लोज गर्ने भएको छ। ७ मंसिरमा कायम सेयरधनीले लाभांश पाउनेछन्।

प्रकाशित मिति: : 2022-11-03 14:50:00

प्रतिकृया दिनुहोस्