सान्जेनको आइपीओमा अहिलेसम्म ४० करोड ८३ लाख रुपैयाँ बराबरको आवेदन

File photo
File photo

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ४० करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार यसमा असोज २६ गते बिहान १०ः१२ सम्म २० हजार २८८ जना आवेदकले ४० लाख ८३ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन्।

यो मागभन्दा सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.११ गुणा बढी आवेदन हो। 

सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन्। 

प्रकाशित मिति: : 2022-10-12 11:48:00

प्रतिकृया दिनुहोस्