मुक्तिनाथ कृषि कम्पनीले २० प्रतिशत आईपीओ जारी गर्ने

File photo
File photo

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ।

यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो।

कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ। यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ।

प्रकाशित मिति: : 2022-10-12 11:07:00

प्रतिकृया दिनुहोस्