दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू

File Photo
File Photo

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ। आइतबार पहिलाे काराेबार सुरु गरेकाे अभियान लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा काराेबार भएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको  थियो।

कम्पनीको कारोबार अधिकतम रेञ्जट सुरू भएको हो। शुक्रबार कम्पनीको २५ लाख कित्ता साधारण सेयर (आईपीओ)  धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो। 

प्रकाशित मिति: : 2022-09-25 13:04:00

प्रतिकृया दिनुहोस्