सुनचाँदीको मूल्य घट्यो

File photo
File photo

सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-19 12:29:00

प्रतिकृया दिनुहोस्