खाने तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ।
सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्य घटेको हो।
सूर्यमुखी तेल, तोरीको तेल र भटमासको तेलको मूल्य घटेको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले जानकारी दिए।
त्यसैगरी चार महिनाको अवधिभर खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको संघका अध्यक्ष सन्दीप अग्रवाल बताए।