गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।

बैंकले साउन २६ गतेदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ। तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ। 

यसमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन्।

यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: : 2022-09-16 11:40:00

प्रतिकृया दिनुहोस्