बीमा समिति कर्णाली प्रदेश कार्यालयबाट सेवा सुरू

अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन्। बीमा समितिले पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हाे।

समितिले गत १ असारदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो। तर, औपचारिक रुपमा भने आजदेखि शुभारम्भ भएको छ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति थियो। समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ।

जसमध्ये औपचारिक रुपमा पहिलो उद्घाटन गर्न कर्णाली प्रदेश कार्यालय सफल भएको छ।

प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ। त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ। बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन्। उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ।

समितिको प्रादेशिक कार्यालयले यस क्षेत्र भित्र रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरिवेक्षण गर्नेछ।

प्रकाशित मिति: : 2022-09-01 15:00:00

प्रतिकृया दिनुहोस्