धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने

File photo
File photo

धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ। यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो। 

धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्। 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्।

धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन। तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन्। यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ।
 

प्रकाशित मिति: : 2022-08-23 12:11:00

प्रतिकृया दिनुहोस्