सात सय रुपैयाँले घट्यो सुनको मूल्य

File photo
File photo

मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2022-08-16 11:59:00

प्रतिकृया दिनुहोस्