मनाङमा ३८ योजना सम्पन्न

File photo
File photo

हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८-७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन्।सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन्। 

पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ।बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए।गत आवमा जिल्लामा रु एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए। 

जिल्लामा रु ९० लाखको लागतमा ङावल ढलान बाटो, रु ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ।यस्तै रु २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ। 'हालसम्म रु पाँच करोडबराबरको काम भइसकेको छ।बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,' प्रमुख विष्टले भने। 

मनाङमा तीन बहुवर्षीय योजना छन्।दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ।चालु आर्थिक वर्ष २०७९0-८० मा मनाङमा १६ योजना थप भएका छन्।वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-08-06 14:29:00

प्रतिकृया दिनुहोस्