पूर्वाधार विकास कार्यालय लमजुङको ७५ प्रतिशत वित्तीय प्रगति

पूर्वाधार विकास कार्यालय लमजुङ ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको छ।

आर्थिक वर्षको २०७८/०७९ मा ९० करोड २३ लाख ४ हजार रुपैयाँ बजेट विनियोजित भएकोमा कार्यालय ६५ करोड ३६ लाख ५१ हजार ६ सय ८० रुपैयाँ खर्च गरी ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको हो।

आर्थिक वर्ष २०७८/०७९ को एक निर्वाचन क्षेत्र एक सडकका लागि ३ वटा योजना रहेकोमा एक मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर विक्रम बहादुर क्षेत्रीले बताए।

एक निर्वाचन क्षेत्र एक सडकको नेपालडाँडा–तार्कुघाट–बोराङ्गखोला सडक सम्पन्न भएको सब–इन्जिनियर क्षेत्रीले बताए। उक्त सडकको भौतिक प्रगति सत प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत भएको कार्यालयले जनाएको छ। 

करपुटार–डडुवा–साल्भेभञ्याङ्ग–मालिङ–कपुरगाँउ सडक (क्व्होलासोथर गाउँपालिका केन्द्र जोड्न सडक) भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत भएको कार्यालयले जनाएको छ। करपुटार–डडुवा–साल्भेभञ्याङ्ग–मालिङ–कपुरगाँउ सडक (क्व्होलासोथर गाउँपालिका जोड्ने तेस्रो खण्ड) योजनाको ३० प्रतिशत भौतिक प्रगति र २३.७८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ।

त्यस्तै, स्थानीय तहका केन्द्र जोड्ने सडक आयोजनामा उदिपुर–रिठ्ठेबगर–रामचोकबेसी–नौथरबेसी दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडकको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ३४.५५ प्रतिशत भएको कार्यालयले जनाएको छ। प्रादेशिक ‘क’ वर्ग अन्तर्गतका सडक आयोजनाहरू मध्ये बेसीशहर–बाग्लुङपानी–घलेगाउँ–भजुङ सडक कालोपत्रे योजनाको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ३९ प्रतिशत वित्तीय प्रगति भएको छ।

सिङदी–पसगाउँ–बगैँचा सडक (कास्की र लमजुङ जोड्ने) योजनाको भौतिक प्रगति ७८ प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरिले बताए। प्रादेशिक ‘ख’ वर्ग अन्तर्गत २ वटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ। 

भोटेवडार–बेलघारी–भार्ते–गौडा सडकको भौतिक प्रगति सत प्रतिशत र वित्तीय प्रगति ९४ प्रतिशत भएको कार्यालयले जनाएको छ। खत्रीठाँटी–कुन्छा–सोतीपसल सडकको हाडेटार कुन्छा (भतुवा) सडक खण्डको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २१.१६ प्रतिशत भएको कार्यालयले प्रमुख गिरीले बताए। 

त्यसैगरी, आर्थिक वर्ष ०७८/०७९ को अन्य ५७ वटा साना योजना रहेकोमा ५४ वटा सम्पन्न भएको र ३ वटा योजना सम्झौता नभएको कार्यालयले जनाएको छ। प्रदेश अन्तर्गतका सडक पुल अन्तर्गत ८ वटा आयोजनाहरू रहेकोमा ४ वटा आयोजनाहरू रहेका छन्। जनता आवास कार्यक्रमको भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ६२ प्रतिशत भएको  कार्यालयले जनाएको छ।  

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत ६१ वटा कार्यक्रम रहेकोमा ६० वटा सम्पन्न नभएको र १ वटा सम्झौता नभएको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको भौतिक प्रगति ९० प्रतिशत र ८६.५२ प्रतिशत वित्तीय प्रगति गरेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-05 19:53:00

प्रतिकृया दिनुहोस्