आयल निगमले भन्यो: इन्धनको मूल्य घट्दैन

file photo
file photo

नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ। इन्धनको मूल्यमा घाटा भएले त्यसको मूल्य यथावत नै रहने भएको हो। 

पछिल्लो समय आएको नयाँ सूचीले निगमलाई घाटा हुने भन्दै बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको समेत निगमले जनाएको छ। 

प्रकाशित मिति: : 2022-08-03 19:09:00

प्रतिकृया दिनुहोस्